'प्रचण्ड' र बाबुराम साशकीय पदमा नजाने वार्ताका लागि थप ४ दिन कुर्ने
'प्रचण्ड र बाबुराम अर्को चुनाव नहुन्जेल राष्ट्रपति वा प्रधानमन्त्री हुँदैन,' उनले भने-'पार्टीका अन्य साथीको जिम्मा त लिन सक्दिन तर हामी दुई जनाको विषयमा खुलामञ्चबाटै घोषणा गर्नसक्छु ।' मंगलबार ईकान्तिपुरसँग कुरा गर्दै उनले १२ बुँदे सहमति ताकाका सहयात्रीबीच समिकरणको आवश्यकता रहेकोमा उनले जोड दिए । 'त्यो एमाले बिना सम्भव छैन,' उनले भने-'एमाले सहमतिमा नआई संविधान बन्न सक्दैन ।'
उनले पछिल्लो वार्तामा अनुपस्थितिको प्रसंगमा एमालेको रणनीति बुझ्न नसकिएको उल्लेख गरे । 'कांग्रेससँग छलफल भएको तर एमालेसँग हुन पाएको छैन । केपी ओलीजीको अस्वस्थताले पनि त्यसो भएको छ,' उनले भने-'विपक्षी मोर्चा सहमति होइन आन्दोलनको पक्षधर रहेको प्रचार गरिएकाले केही समय वार्ताका लागि धैर्य गरेका छौं ।' उनले चैत्त १ गतेम्म सार्थक वार्ताका लागि पर्खिने हुननसके अर्को चरणको आन्दोलन घोषणा गर्ने विपक्षी मोर्चाको निर्णय सुनाए । उनले ९ देखि १० वा संयुक्त नाम राख्दा ६ प्रदेशमा पनि कुरा मिल्न सक्ने जनाए ।
आफ्नो भारत भ्रमणलाई कतिपयले अपव्याख्या गरेको भन्दै उनले राष्ट्रियताको परिभाषा थप फरक ढंगले व्याख्या गर्नुपर्ने बेला आएको बताए । राष्ट्रियता बारे धेरैमा बुझाईको 'ग्याप' छ उनले भने ।