अमेरिका समाचार (USA),लस एन्जल्समा नारी दिवस मनाइयो

अमेरिका समाचार (USA)

लस एन्जल्समा नारी दिवस मनाइयो


लस एन्जल्स / एनआरएन अमेरिकाले लस एन्जल्समा १०५ औ सस्करंको अन्तरास्ट्रिय नारी दिवस मनाएको छ । Make it happen भन्ने यस वर्षको नाराको साथमा मनाइएको उक्त कार्यक्रममा विभिन्न व्यक्तिहरूले आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा लस एन्जल्स छेत्रबाट एनआरएन एनसिसि अमेरिकाको आगामी चुनावमा उम्मेदवारी दिने दिल बहादुर श्रेष्ठ-आई सि सि सदस्य, बलराम थापा- उपाध्यक्ष, उमा कार्की थापा- उपाध्यक्ष, संगीता लम्साल सिवाकोटी-सह-सचिव, इन्दिरा त्रिपाठी-महिला संयोजक तथा सिता उप्रेती प्रसाईं-बोर्ड सदस्यको उपस्थिति थियो । हिजोको नारी दिवसको अवसरमा नेपालको एउटा जिउँदो इतिहाँस ९२ वर्षीय गौकुमारी गुरुङ तथा सफल नेपाली छोरी चन्दा शुक्ला (संयोजक-लसएन्जलस सामुदायिक कलेज) लाई अभिनन्दन गरिएको थियो । समारोहमा महिला नेत्री टिका चौधरी , नेपाल अमेरिका एकता समाजकी अध्यक्ष शारदा श्रेष्ठ लगायतका बक्ताहरुले महिला हकहितको बारेमा बोल्नु भएको थियो ।

यस कार्यक्रममा सान डियागोका लागि नेपाली वाणिज्यदूत ऋषि ढकाल, एनआरएन आईसिसिका सदस्य राजेन्द्र सिवाकोटी, श्री पशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, श्री पशुपतिनाथ फाउन्डेशनका सदस्य राम बाबु पाण्डे, श्री पशुपतिनाथ फाउन्डेशनका सदस्य हेम राज भट्ट, नेपाल अमेरिका पत्रकार सङ्घका सचिव सुदिप पन्त, एनआरएन अमेरिकाका सल्लाहकार कृष्ण कोइराला, अन्तरास्ट्रिय नेपाली साहित्य समाज, लस एन्जल्स च्याप्टरका अध्यक्ष शान्तिराम ढकाल, जन सम्पर्क समिति लस एन्जल्स च्याप्टरका अध्यक्ष मदन पाठक, जन सम्पर्क समिति लस एन्जल्स च्याप्टरका उपाध्यक्ष रेख उप्रेती लगायतका स्थानीय व्यक्तिहरूको उपस्थिति थियो । उमा कार्की थापाको सभापतित्वमा भएको यस कार्यक्रमको सञ्चालन सूर्य प्रसाईले गर्नु भएको थियो । 

लस एन्जल्समा नारी दिवस मनाइयो
लस एन्जल्समा नारी दिवस मनाइयो

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News