राजेश हमालले फिनल्यान्डमा नयाँ वर्ष मनाउने


rajessh hamal-finlandहेल्सिन्की । नेपाली नयाँ बर्ष २०७२ लाई स्वागत गर्न महानायक राजेश हमाल फिन्ल्यान्ड आउने भएका छन् । उनी अन्य केही कलाकारहरुसहित फिन्ल्यान्ड आउँने भएको आयोजक गैरआवासीय नेपाली संघ, फिन्ल्यान्डले जनाएको छ ।
कार्यक्रम नयाँ बर्ष २०७२ को अवसर पारेर गैरआवासीय नेपाली संघ, फिन्ल्यान्डले फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा गर्न लागेको हो ।
अप्रिल १८ तारिखमा हेल्सिन्कीस्थित ग्लोरिया हलमा आयोजना गर्न लागिएको कार्यक्रममा महानायक हमालसहित नायिका नन्दिता केसी, गायक बिबेक श्रेष्ठ र हिमाल सागर पनि हेल्सिन्की आउने छन् ।
 महिनौं लामो हिउँले भरिएको जाडो यामलाई बिर्साउन र प्रवासको एकोहोरो जीवनशैलीबाट केही क्षण सुस्ताउँदै हर्षोल्लास र उमंगका साथ नयाँ बर्ष मनाउनको लागि कलाकारहरुलाई फिन्ल्यान्ड निम्त्याईएको आयोजकहरुले बताए ।
 कार्यक्रममा फिनल्याण्डका बिभिन्न विश्वबिद्यालय तथा शैक्षिक संस्थाहरुबाट आफ्नो विभिन्न तहको पढाई पुरा गर्ने सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान प्रदान गरिने समेत कार्यक्रमा रहेको आयोजकले जनाएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News