बुटवलमा तेरिया मगरले देखाइन् रेशम फिरिरी
बिहीबार आयोजित तेरिया साँझको तरंगले बुटवलवासीलाई साँच्चिकै रोमाञ्चित बनाइदियो । जीटीभीको डिआइडी लिटिल मास्टर्सको तेस्रो श्रृंखलाको विजेता तेरियाले गृहनगर बुटवलको एन्फा एकेडेमीमा पहिलोपटक व्यावसायिक नृत्य गरेकी हुन् ।
तेरियाले नृत्य सिकेकी स्थानीय पाठशाला बागेश्वरी संगीतालयका साथै सयपत्री,लुम्बिनी,शंकरनगर र लुम्बिनी बुद्ध चारवटा लायन्स क्लबले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । संगीतालयको भवन र लायन्सको शवदाह गृह निर्माण र एन्फा एकेडेमीको सहयोगार्थ भएको कार्यक्रम साँझ साढे ६ बजेदेखि ९ बजेसम्म चलेको थियो ।