नागोयामा अध्यक्ष शेष घलेसंगको भेटघाट कार्यक्रम सम्पन्न
२ मार्च टोक्यो । जापान भ्रमणमा रहनुभएका एनआरएनका अध्यक्ष शेष घलेले आईतवार साँझ नागोयाबासी नेपाली समुदायसंग भेटघाट तथा अन्तरक्रिया गर्नु भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष घलेले काठमाडौँमा निमार्णधिन एन आर एन भवनको आवश्यकता र योजनाका बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै घले ले आफुले नेतृत्व लिदा गरेका प्रतिबद्दता अनुसार नै भवन को आवश्यकतालाइ प्राथमिकता दिदै हिडेको र यो अब लगभग पुरा हुने स्थितिमा पुगेकोले अव आफु अर्को अभियानमा लाग्ने जानकारी दिनु भयो । आफ्नो दोश्रो अभियानको बारे जानकारी दिदै उहाले ९ तारिक भवनको शिलान्यास पछि कल्याणकारी कोष निर्माणको कार्यमा लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा एनआरएनका उपाध्यक्ष एबम बिशेष अतिथि भवन भट्ट , एसिया प्यासिफिकका निवर्तमान संयोजक त्रिलोक गुरुङ , एशिया प्यासेफिकका उपसंयोजक रोविन्द श्रेष्ठ , आइ सी सी सदस्य ओम गुरुङ ,एन आर एन जापानका संरक्षक डा.सुदिप अधिकारी लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा सहभागिहरुले राखेका विभिन्न जिज्ञासालाई अध्यक्ष घलेले जवाफ दिनु भएको थियो ।
अध्यक्ष घलेले एन आर एन भवन निर्माणको औचित्य र यसको उधेश्य बारे जानकारी दिनु भएपछि सहभागीहरुले आफुहरु पनि यो अभियानलाई आफ्नो इच्छा अनुसारको सहयोग गर्ने बचन बद्दता ब्यक्त गरेका थिए ।
सोहि अनुसार सो अन्तरक्रिया कार्यक्रममा मात्र जापानिज येन र नेपाली रुपैया गरि करिब रु. १४ लाख संकलन भएको जानकारी एन आर एन जापानका प्रवक्ता सन्देश पोखरेलले दिनु भएको छ । स्वच्छिक अर्थ संकलनकै क्रममा अध्यक्ष घलेका कुरा ध्यानपूर्वक सुन्दै बस्नु भएकी ७५ वर्षीय बृद्द चित्र कुमारी थापाले माइक समाउदै “अहिले सम्म बोल्ने मान्छे मात्र देखेको थिए तर आज बोलेको काम पुरा गर्ने घलेको कुराले म बिना आम्दानीको मान्छेलाई पनि सहयोग गर्न मन लाग्यो एन आर एन घरलाई मेरो ५००० येन ” भन्दै सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा तोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले बिशिष्ट अतिथिहरुलाई खादा ओढाई स्वागत एबम सम्मान गर्नु भएको थियो । एन आर एन जापानका अध्यक्ष पारसमणि पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा तोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रवक्ता सन्देश पोखरेलले गर्नुभएको थियो ।
४ दिने भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको लागि जापान आइपुग्नु भएका अध्यक्ष घले सहितको टोलि २ तारिक ओसाका , ३ तारिक फुकुओका र ४ तारिक टोक्योमा बसोबास गर्ने नेपालीसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । एन आर एनको यो अभियानलाई जापानबासी नेपालीहरुले तन,मन ,धनले सहयोग गर्ने छन् भन्दै जापानका अध्यक्ष पारसमणि पोखरेलले भवन निर्माणको लागि जापानबाट २ करोड रुपैया सहयोग गर्ने लक्ष्य राखिएको बताउनु भयो ।