सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा भेटिए

सात दिनदेखि बेपत्ता प्रहरी मृत अवस्थामा भेटिए

२८ फागुन, म्याग्दी । एक सातादेखि बेपत्ता जिल्ला प्रहरी कार्यालय म्याग्दीका एक प्रहरी जवानको शव फेला परेको छ । फागुन २० गतेदेखि परिवार र कार्यालयको सम्पर्कमा नरहेका प्रहरी जवान युवराज पौडेलको शव बुधबार पर्वतको खनियाघाटमा कालीगण्डकीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजीको क्रममा दिउँसो स्थानीय ट्याक्टर चालकले कालीगण्डकी नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पौडेलको शव परीक्षणका लागि कुश्मा लगिएको छ । पौडेलले लगाएको चप्पल बेनी कालीपुलको कालीगण्डकी किनारमा फेला परेको थियो । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । बागलुङको अधिकारी चौर गाविस घर भएका पौडेल तीन वर्षदेखि म्याग्दीमा कार्यरत थिए । रासस

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News