»
सलमानले झण्डै कुटेनन् (तस्बिर र भिडिओ सहित)
सलमानले झण्डै कुटेनन् (तस्बिर र भिडिओ सहित)

एजेन्सी ।बलिउड सुपरस्टार सलमान खानले राजस्थानमा हंगामा गरेका छन्। उनले आफ्नो कारसँगै बाइक उडाउने केटाहरुको ग्याङलाई झण्डै कुटेको भारतीय सञ्चार माध्यमले जनाएका छन ।फिल्म शुटिङका लागि राजस्थान पुगेका सलमानले आफ्नो कारसँगसँगै बाइक कुँदाउने केटाहरुको समूहलाई कुट्न खोज्दा गाउँलेहरुले छुटाएका थिए ।आफ्नो कारमा ठोक्काउने गरी कार कुँदाउने केटाहरुलाई सवक सिकाउन सलमान गाडीबाट झरेर सडकमा दौडिएका थिए ।
'बजरंगी भाईजान' को शुटिङका क्रममा त्यहाँ पुगेका सलमानले आफ्नो पछि लाग्ने बाइकरहरुलाई कुट्न खोजेका हुन् ।तस्विर र भिडियो खिच्नका लागि सलमानको गाडीको अघि पछि कुँद्ने बाइकरहरुलाई उनले कुट्न खोजेका थिए ।सलमान कुट्न निस्किएपछि बाइकरहरु भने भागेका थिए । उनका सुरक्षाकर्मीहरु पनि निस्किएपछि गाउँलेहरुले सम्झाएर सलमानलाई पठाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
Like And follow For Nepal America.com ( Don't Miss )