हजार बर्ष पुरानो बुद्धको मुर्तिभित्र मान्छेको शरीर भेटिएपछि

हजार बर्ष पुरानो बुद्धको मुर्तिभित्र मान्छेको शरीर भेटिएपछि

हजार बर्ष पुरानो बुद्धको मुर्तिभित्र मान्छेको शरीर भेटिएपछि
११ फागुन, एजेन्सी ।
शान्तिका अग्रदुत गौतम बुद्धको करिब एक हजार वर्ष पुरानो मुर्तिले बुद्ध दर्शन र संस्कृतिको खोज गर्दै आएका अध्येतालाई अचम्मित बनाएको छ । कारण हो ११ औं या १२ औं शताव्दीमा निर्माण गरिएको सो बुद्धको मुर्तिलाई सिटी स्क्यान गरेर हेर्दा मानव अस्थिरपञ्जर भेटिनु ।
मुर्तिमा भेटिएको अस्थिपञ्जर ध्यानमा बसेका भिक्षुको भएको बौद्ध धर्म एवम् संस्कृति विशेषज्ञ एरिक ब्रुजनले बताएका छन् । सो अस्थिपञ्जर चाइनिज मेडिटेसन स्कुलका बौद्ध गुरु लिउक्वानको भएको उनले दाबी गरेका छन् ।
हालै नेदरल्याण्डस्को मिन्डर मेडिकल सेन्टरमा गरिएको सिटी स्क्यानबाट सो बुद्धको मुर्ति मानव शरीरबाट बनेको रहस्य खुलेको थियो ।
हंग्रेरीस्थित राष्ट्रिय प्राकृतिक इतिहास संग्राहलयले यो मुर्ति राखेको छ । आउँदो मे महिनामा उक्त मुर्ति प्रदशनमा राखिने पनि अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ध्यानमा बसेका भिक्षुको शरीर कहिल्य नमर्ने विश्वास बौद्ध धर्मावलम्बीले गर्दै आएका छन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News