निर्देशक श्रेष्ठका छोरा अभिषेक र सन्ध्याको यस्तो प्रेम (भिडियोसहित)
काठमाडौं, फाल्गुन २० । अभिनेता भुवन केसीको आफ्नो चलचित्रमा डेब्यू गर्न लागेकी ईमेज च्यानलमा कार्यरत भिजे सन्ध्या केसी र निर्देशक सुरज श्रेष्ठका छोरा अभिषेक श्रेष्ठ एउटा म्यूजिक भिडियोमा गज्जबले जमेका छन् ।
प्राश्ना शाक्यको स्वरमा रहेको ‘मुटु नचिरिदेउ..’ बोलको गीतमा सन्ध्या र अभिषेकको जोडी राम्ररी जमेको
छ । हालै मात्र म्यूजिक भिडियो मार्फत कलाकारितामा देखिएका अभिषेकको अभिनयले भिडियोलाई थप माझेको छ ।
प्राश्नाको ‘महशुस–२’ मा समेटिएको गीतलाई सतिश श्रेष्ठले संगीत भरेका छन् । सुकबहादुर गुरुङको शब्द रहेको गीतलाई नव कलाकारको अभिनयले थप चर्चामा ल्याएको छ ।
मोडेल सन्ध्याले अभिषेक प्रति देखाएको उदार प्रेम सहितको अभिनयले भिडियोलाई न्याय गरेको छ । सुरज श्रेष्ठको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् ।