यी हुन धेरै कमाउने सेलिब्रेटी पत्नी
नेपालमा मात्र होइन धेरै देशमा श्रीमतीको तुलनामा श्रीमान्को आम्दानी बढी देखिन्छ। घरभित्रको काम श्रीमतीले गर्ने र घर बाहिरको काम श्रीमान्ले गर्ने र कमाएर ल्याउने प्रवृत्ति अझै अस्तित्वमा छ।
यस्तो प्रवृत्तिले आफ्नो र परिवारको लागि महिलाको आर्थिक आर्जन दह्रो बन्न सकेको छैन। तर संसारमा केही यस्ता चर्चित महिला छन् जसको कमाइ श्रीमान्को भन्दा धेरै छ।
मारिया केरी
अहिले उनको कमाइ पाँच सय २० मिलियन डलर छ। अमेरिकी इतिहासमा उनी सबभन्दा बढी आम्दानी गर्ने निर्णायक पनि हुन्। तर उनको श्रीमान् क्यानोनको आम्दानी २५ मिलियन डलरमात्र छ।
एन्जेलिना जोली
उनीहरूको आम्दानी ५० मिलियन डलर छ। यो कमाइ उनीहरूको दुवैको संयुक्त आम्दानी हो। तर, यसमा एन्जेलिनाको कमाइको हिस्सा धेरै छ।
सञ्चारमाध्यमका अनुसार जोलीको कमाइ ३० मिलियन डलर छ भने ब्राडको २० मिलियनमात्र। यो जोडीलाई हलिउडमा ख्याती, आम्दानी दुवै दृष्टिले 'गोल्डेन कपल' मानिएको छ।
जेनिफर एनिस्टोन
जस्टिनले 'आइरन म्यान टु' जस्ता चलचित्रबाट केही आम्दानी गर्न सफल भए पनि उनको कमाइ उल्लेख्य छैन।
तर जेनिफरको आम्दानी एक सय १० मिलियन डलर रहेको छ। जेनिफरले ब्राट पिटसँग पारपाचुके गरेपछि जस्टिनसँग विवाह गरेकी हुन्।
जे के रोलिङ
अहिले उनको कमाइ एक अर्ब डलर छ। उनको श्रीमान् नेइल मुर्रेभन्दा धेरै कमाउँछिन्।
रोलिङको आर्थिक पृष्ठभूमि त्यति राम्रो थिएन। बाल्यकाल गरिबीमा बिते पनि लेखनमा लागेपछि उनी अर्बपति बनेकी हुन्।
ब्रिट्नी स्पेयर्स
तर उनीहरूले केही वर्षपछि सम्बन्धविच्छेद गरे। सम्बन्धविच्छेदपछि ब्रिट्नीले केभिनको सहयोगको लागि ४० हजार डलर तिर्न अदालतले आदेश दियो।
किनभने केभिनको आम्दानी थोरै थियो। अहिले ब्रिटिन दुई सय मिलियन डलर कमाउँछिन्।
ओपरा विनफ्रे
उनको पार्टनर स्टेडम्यान ग्राहमको कमाइ उनको भन्दा थोरै छ। उनी सफल लेखक तथा व्यापारी हुन्।
ओपरा तीन अर्ब कमाउँछिन् भने श्रीमान् १० मिलियनमात्र कमाउँछन्। उनीहरू विवाह नगरी इन्गेजमेन्ट गरेर सँगै बस्दै आएका छन्।
वियोन्से
तर पनि जे जेडको भन्दा वियोन्सेको आम्दानी धेरै छ। वियोन्सेको आम्दानी ४० मिलियन डलर छ भने जेडको ३८ मिलियन डलर मात्रै।
वास्तवमा वियोन्सेले संसारको विभिन्न स्थानमा पुगेर कन्सर्टका साथै प्रोमोसन गरेर सर्वाधिक कमाइ गरेकी हुन्।
जेसिका सिम्पसोन
उनको श्रीमान् नायक तथा फुटबलर इरिक जोनसनको आम्दानी जेसिकाको भन्दा धेरै गुना कम छ। तापनि यी जोडी सुखमय र खुसीसाथ दाम्पत्य जीवनमा छन्।
जुलिया रोबर्ट
उनको श्रीमान् डेनियल मोडर क्यामेराम्यान हुन्। उनी कम चर्चित त छन् नै आम्दानी पनि थोरै छ।
उनले वार्षिक ६७ हजार डलरमात्रै आम्दानी गर्छन्। तर जुलियाको आम्दानी उनको भन्दा दुई सय गुणा बढी छ।
ऐेश्वर्या राय
चलचित्रमा अभिनय, विज्ञापनदेखी विभिन्न कार्यक्रममा सहभागी भएवापत ऐश्वर्याले आम्दानी गर्ने गरेकी छन्।
बलिउडमा धेरै पारिश्रमिक लिने नायिका पनि हुन् उनी। ऐश्वर्याको तुलनामा उनका पति अभिषेक बच्चनको आम्दानी निकै कम छ।
करिना कपुर
उनको पछिल्लो चलचित्र 'हिरोइन' ले ऐश्वर्याको रेकर्डलाई तोडेर २०१२ सम्मको सबभन्दा बढी आम्दानी गर्ने नायिकामा नाम आयो।
उनलाई एउटा चलचित्रमा काम गरेबापत आठ करोड दिइएको थियो। तर सैफको आम्दानी सरदर चार करोड ५० लाखमात्रै छ।
फराह खान
उनको आम्दानी एक अर्ब ३० करोड भारतीय रुपैयाँ रहेको बताइन्। उनका श्रीमान् शिरीश कुन्दर पनि निर्माता निर्देशक हुन्।
तर उनले बनाएका 'जानेमन', 'जोकर' जस्ता चलचित्रले खासै कमाइ गर्न सकेन।