महिलालाई पनि कराँते र कम्फु सिकाउनु पर्छ- रेखा थापा (नायिका)

महिलाले पनि पुरुषसरह जिम्मेवारी बहन गर्न सक्छन भन्दै फिल्मी दुनियामा एकछत्र राज गरिरहेकी नायिका रेखा थापाले महिलामाथि हुने गरेको हिँसाबिरुद्द निरन्तर आवाज उठाउदै आएकी छिन् । महिलाको सक्षमता पुष्टि गर्ने  ‘काली’ र ‘हिम्मतवाली’ जस्ता चलचित्रहरु बनाएर चर्चाको शिखरमा पुगेकी नायिका थापासंग महिलामाथि कार्यस्थलमा हुने यौनजन्य हिँसा नियन्त्रण न कतिको प्रभाबकारी होला भनेर अनलाइन पत्रिका डटकमका लागि गरिएको संक्षिप्त कुराकानी:
हिंस्सा हुनुमा चेतनाको कमीले गर्दा हो खासमा यसमा ऐन लागु भएपछि केही हदसम्म कम त होला तर यसमा फाँसीको व्यवस्था मिलाउनुपर्ने देखिन्छ । जवसम्म यस्ता ऐनमा कडा सजायको नियमहरु लागु हुँदैन तव सम्म यस्ता घटनाहरु घटना घटिरहन्छ ।महिलामाथि कार्यस्थानमा हुने हिंसा सम्बन्धी ऐन लागु भएको छ,  के यसले हिंस्सालाई अन्त्य गर्न सक्छ ?
यो ऐन कार्यन्वयन हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
यसमा अव कस्तो हुन्छ भने पिडित पक्षहरुले न्याय त पाउने एउटा आस मात्र हो । यसमा १ दिन लगेर थुन्छ । अर्को निस्कने गर्दछन् यसमा आफ्ना मान्छे भन्दै विभिन्न पार्टीको पावरले छुट्ने प्रणाली बढी भएकाले जव सम्म यस्तो परिपाटीको अन्त्य हुँदैन तव सम्म कार्यन्वन हुन गाह्रो छ ।
कतिको व्यवहारिक देख्नु भएको छ ?
व्यवहारिकको कुरा गर्नुपर्दा जति पनि सामाजिक सस्थाहरु छन् । उनीहरुले धेरै जस्तो शहर केन्द्रित भएर मात्र काम गरेको देखिन्छ । दुर्गम क्षेत्रका महिलाहरु झन वढी हिंसा सहन बाध्य भएका छन् । उनीहरुलाई पनि जनचेतनामुलक कार्यक्रम ल्याउन जरुरी छ । ग्रामीण भेगका कुराहरु कानुनी ूरुपमा आउन पाउँदैन् त्यहाँ रुढीवादी परम्परा अझै भएको हुँदा स्वतन्त्र रुपमा महिला खुल्दैनन् ।
तपाईको विचारमा हिंस्सा न्युनिकरण गर्न अझ के गनुपर्ला ?
महिलाहरु सुरुमा त आफैँ सचेत हुनुपर्यो । यसमा शिक्षामा बढी जोड,  कराँते, कम्फु अन्य शारिरीक सुरक्षा लिन सकिने तालिमहरु गर्नुपर्छ जस्तो लाग्छ । अझ त्यसमा महिलाहरुलाई चेतनामुलक कार्यक्रमहरुमा पनि जोड दिनुपर्छ जस्तो लाग्छ । यसमा अझ महिला अधिकारकर्मीहरु झन् बढी अग्रसर भएर आवाज उठाइ लाग्नुपर्ने देखिन्छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News