एक वर्षपछि जब बच्चीको शरीरको रङ र कपालको प्रकार देखेर उनी र उनको पति दुवैको होसहवास नै गुम्यो। शरीरको रङ गहुँगोरो वर्णको थियो भने कपाल घुमि्रएको। जुन न सेरानोसँग मिल्थ्यो न उनको पतिसँग।
जे भए पनि सेरानोको मायामा भने कुनै कमी आएको थिएन। यद्यपि, उनको श्रीमान् भने उनीप्रति शंका गर्न थालिसकेका थिए। तैपनि उनले विनाकुनै संकोच बच्चीको रखेदेख–लालनपालनमा कुनै कसर बाँकी राखिनन्। तर, जब १० वर्षपछि मेननको ‘प्याटरनिटी टेस्ट' (आमा–बुबा निर्क्योल गर्ने परीक्षण) भयो उनीहरू दुवैको पैतालामुनिको जमिन भासियो। उनीहरू दुवै जना मेननको वास्तविक बाबुआमा थिएनन्। पछि सेरानोले थाह पाइन्, उपचारको क्रममा भुलवश अस्पतालमा उनको बच्चा कसैसँग साटिएको थियो।
यो कथाले यसै महिना फ्रान्समा हल्लीखल्ली मचायो, जब अदालतले कान्सस्थित लापरबाही गर्ने उक्त अस्पताललाई जरिवाना तिर्न निर्णय सुनायो। बच्चाहरू साटिएको घटनापछि अस्पतालले दुई परिवारलाई गरेर लगभग २२ लाख डलर तिर्नुपर्ने भयो। यसैसँग सेरानोको १२ वर्ष लामो कानुनी लडाइँ पनि समाप्त भयो।
अस्पतालमा बच्चा साटिएको काल्पनिक कथामा आधारित रहेर धेरै टेलिशृंखला बनेका छन्। हाल एक टिभी च्यानलमा प्रसारित ‘स्विच्ड एट बर्थ' (जन्मपश्चात साटिएको) शृंखला पनि त्यस्तै कथामा आधारित छ। जहाँ दुई टिनएज बालिकाहरूले आफू अस्पतालमा साटिएको थाहा पाउँछन् र उनीहरूको परिवार बालिकाहरूकै लागि सँगै बस्न थाल्छन्।
तर, मेनन र उनको साटिएकी आमा सेरानोको कथा भने यति सहज छैन। काल्पनिकताभन्दा निकै फरक छ। ‘जब मैले मेनन मेरो आफ्नो सन्तान होइन भनेर थाह पाएँ। ऊप्रति मेरो स्नेह झनै प्रगाढ हुँदै गयो,' सेरानोले भनिन्, ‘मैले जन्माएको छोरीसँग भेट हुँदा मैले ऊप्रति केही महसुस नै गरिनँ।'
उनका अनुसार रगतको नाताले परिवार बन्दैन। ‘परिवार त आफैंले बनाउने हो। हामीले एक–अर्कालाई के भन्छौं त्यो महŒवपूर्ण हुन्छ। मैले आफैं नजन्माएको भए पनि मेननसँग छुट्टै आत्मीयता बनाएको छु,' उनले भनिन्।

अदालतको निर्णयले सेरानोले लामो समयसम्म एक नर्सले गरेको गल्तीको हर्जना प्राप्त गरेकी छन्। उक्त निर्णयले उनको चरित्रप्रति औंला उठाउने परिवार, छिमेकी र समाजलाई पनि जवाफ मिलेको छ। केहीले उनीमाथि आफ्नै बच्चा नचिनेको आरोप पनि लगाएका थिए।
‘चार दिनपछि पनि आफ्नो बच्चा नचिन्ने? कसरी हुन्छ?' अस्पतालको तर्फबाट मुद्दा लडेकी अधिवक्ता सोफी चासले एक पत्रिकासँगको अन्तरवार्तामा भनेकी छन्, ‘एक–दुई दिनको कुरा भएको भए अर्कै हुन्थ्यो। १० वर्षपछि किन यो कुरा निस्कियो। आमाले पनि यो भुललाई ठूलो बनाएको हो।'
सेरानो उक्त प्रश्नको जवाफमा भन्छिन्, ‘म त्यति बेला मात्र १८ वर्षको थिएँ। र मेनन मेरो पहिलो सन्तान थिई। मैले त्यस्तो होला भन्ने अनुमान कहिल्यै गरेकी थिइनँ।'
जब सेरानोले बच्चीलाई जन्म दिइन्। बच्चामा जन्मजात हुने जन्डिस देखा पर्यो। त्यसपछि उसलाई लगत्तै ‘इनक्युबेटर'मा राखेर उपचार सुरु गरियो। अस्पतालमा बेडको कमीका कारण नर्सले उक्त बच्चीलाई विनाकपडा अर्को बच्चीको छेउमै सुताइन्।
‘दुईमध्ये एक बच्चामा मात्र परिचय खुलाउन ट्याग लगाइएको थियो। सायद त्यो झर्यो,' अर्को परिवारतर्फका अधिवक्ता डानियल भर्सट्राटेले भने।
जब नाबालक मेनन उपचारपश्चात् सेरानोलाई दिइयो, त्यति बेला आमा र शिशुले निकै कम समय सँगै बिताएका थिए। सेरानोले बच्चाको कपाल केही बाक्लो भएको बताए पनि त्यो भ्रममात्र भएको भनेर उनलाई भनिएको थियो।
‘नर्सले फोटोथेरापीका कारण बच्चाको कपाल बाक्लो भएको प्रतिक्रिया दिएकी थिइन्,' उनले भनिन्, ‘मैले उनीहरूलाई विश्वास गरेँ। त्यो उमेरमा मैले के नै गर्न सक्थेँ र?'
अर्की १८ वर्षीया आमाले पनि उनको बच्चाको टाउकोमा किन कपाल कम भनेर सोधेकी थिइन्। उनलाई भने फोटोथेरापीले कपाल झर्न पनि सक्ने प्रतिक्रिया दिइएको थियो। ‘मेरो पक्षले कुनै शंका व्यक्त गरेन त्यति बेला,' अधिवक्ता भर्सट्राटेले भने, ‘बच्चा साटिन सक्छ भन्नेमा कसैलाई शंकै थिएन। आमाले पनि केही भनिनन् किनभने अस्पताल अधिकारीले चिन्ता लिनुपर्ने कुनै कारण नरहेको बताएका थिए।'
त्यस बेला सेरानो उनको श्रीमान्का साथ फ्रान्सको सानो गाउँ ग्रास्से नजिक बस्थिन्। उनले त्यहाँ मेननलाई हुर्काइरहँदा भिन्न देखिने ती बच्ची सेरानो र हुलाकीको संसर्गको उपज हुन सक्ने शंका छिमेकीहरूको थियो।
समयसँगै सेरानो र उनको श्रीमान्बीचको सम्बन्ध पनि चिसिँदै गयो किनभने उनको श्रीमान्ले पनि उनीप्रति शंका गर्न थाले। केही समयपछि मेननको हेरचाह गर्नै बन्द गरे। जब ती दुई पूर्ण रूपमा छुट्टिए, तब उनको श्रीमान्ले बच्चीको ‘प्याटरनिटी टेस्ट' गर्नुपर्ने नत्र लालनपालनको कुनै व्ययभार नलिने बताए। ‘मलाई लागेको थियो उक्त टेस्टले हामी दुवैलाई आनन्द हुन्छ,' सेरानोले भनिन्।
त्यसको ठिक उल्टो मेनन दुवैको बच्ची नभएको रिपोर्ट आयो। तब मेनन १० वर्ष पुगिसकेकी थिइन्। ‘त्यो रिपोर्टको असर सुनामीको जस्तो थियो,' सेरानोले भनिन्, ‘मलाई निकै तनाव भयो। त्यस प्रकारको तनाव महसुस मैले कहिल्यै गरेको थिइनँ।'
त्यसपछि उनलाई १० वर्षअघिको सबै घटना याद आयो। उनले बच्चाको कपाल सम्भि्कइन्। ‘मैले जन्माएको बच्चा कहाँ होला भनेर म हतास भएँ। त्यसपछि कपालको कुरा सम्झेँ,' उनले भनिन्।
आफूले जन्माएको बच्ची लैजाने परिवार पत्ता लगाउन सेरानोले सन् २०१० मा अस्पतालविरुद्ध अदालतमा मुद्दा दायर गरिन्। प्रहरीले मेननको वास्तविक बाबुआमा हिन्द महासागरस्थित फ्रान्सको अधीनमा रहेको ला रियुनियनमा बसोबास गरिरहेका केरोल दम्पती रहेको पत्ता लगायो। जो हाल सेरानोको घरबाट केही किलोमिटरमात्र टाढाको दुरीमा बसोबास गर्छन्।
‘जब मैले पहिलोपटक उनीहरूलाई भेटेँ। उनीहरू मजस्तै देखिन्थे,' २० वर्षीया मेननले भनिन्, ‘तर, म पूर्ण रूपमा अपरिचित व्यक्तिको अगाडि बसिरहेकी थिएँ। मलाई थाहा थिएन म उनीहरूलाई के भनूँ?'
मेननको वास्तविक बाबुआमा सामान्य कामदार थिए। उनीहरूले सेरानोको वास्तविक छोरीलाई निकै कडाइका साथ हुर्काएका थिए। ‘आमा हरेक दिन बिहान आफ्नो छोरीलाई हेर्थिन् र अपरिचितझैं व्यवहार गर्थिन्,' अधिवक्ता भर्सट्राटेले भने, ‘उनीहरूको लागि त्यो कहिले नमेटिने दागसरह थियो।'
यो घटना बाहिर आएपछि दुई परिवारबीच धेरैपटक भेटघाट भयो। तर, बच्चा र वास्तविक आमा–बाबुबीच भने कुनै आत्मीयता बढेन। त्यसपछि उनीहरूले भेटघाट गर्नै बन्द गरे। अन्तमा दुई परिवारले आफूले हुर्काएकै बच्चा आफूसँग राख्ने निर्णय गरे।
‘मेरो वास्तविक छोरीलाई भेटेपछि लाग्यो हामी दुई निकै भिन्न छौं। हामीमा केही समानता छैन,' उनले भनिन्, ‘ऊ देखिन म जस्तो देखिए पनि, यसलाई भेटेपछि लाग्यो– मैले एक अपरिचितलाई जन्म दिएँ। म उसको आमा नै होइन।'
केही दिनअघि सेरानो र मेनन आफ्नो नयाँ घरको डाइनिङ टेबलमा बसेर दिनको खाना खाँदै थिए। सेरानोका अनुसार उनी धेरै वर्षको उदासीबाट बाहिर निस्किँदै छिन्। मेनन र सेरानोबीच धेरै भिन्नता छ। सेरानो बेरोजगार छिन् र उनको श्रीमान्सँग छुट्टिएपश्चात्को सम्बन्धबाट दुई बच्चासमेत छन्। उनी कम बोल्छिन्। मेनन फरासिली छिन्।
दुवैले प्राप्त पैसाबाट के गर्ने निर्णय गरेका छैनन्। मेनन भने ब्रिटेनमा सेटल हुन चाहन्छिन्। ‘मेरो जन्मकथाले मलाई निकै बलियो बनाएको छ,' मेननले हाँस्दै भनिन्, ‘म अब हरेक कुरामा जे पनि हुन सक्छ भनेर सोच्छु।'
(न्युयोर्क टाइम्सबाट साभार)