गायत्री थापाको गुल्मी चिनाउने गीत ‘गुल्मी जाने हो’ चर्चामा

सर्जक गायत्री थापाको गुल्मी चिनाउने गीत ‘गुल्मी जाने हो’ चर्चामा 

gayatri thapa
गीतकार तथा गायिका गायत्री थापाले गुल्मीको सन्दर्भ जोडेर नयाँ लोकदोहोरी गीत बजारमा ल्याएकी छन् । गुल्मी जाने हो शिर्षकको गीतको भिडियो समेत तयार भइसकेको छ । झण्डै दुइ सय लोक तथा आधुनिक गीत लेखिसकेकी थापाले आफु जन्मेको ठाँउ प्रति यो गीत समर्पण गरेकी छन् ।
गुल्मीबाट बँसाइ सरि वुटवल झर्ने क्रम तिब्र रहिआएको सन्दर्भबाट शुरुभएको गीत यतिवेला लोकप्रिय बनिरहेको छ । गीतमा थापाले गुल्मीका ऐतिहासिक तथा धार्मीक हिसावले महत्वपुर्ण क्षेत्रहरुको चर्चा गर्दै माया प्रेमलाई समेटिकी छन् ।
गुल्मीका विभिन्न स्थानमा पुगेर छायांकन गरिएको यो गीतको भिडियोको निर्देशन स्वयं थापाले गरेकी छन् । नेत्र अर्यालको लय शब्दमा मेक्सम खाती क्षेत्री र गायत्री थापाको स्वर यस गीतमा रहेको छ ।
‘कामको सिलसिलामा गुल्मी छाड्नु परेपनि गुल्मीको अन्यन्तै माया लाग्छ त्यसेले गीतकै माध्यमाबाट गुल्मीलाई थप चिनाउन चाहन्छु’ नेपालीकलासँग कुरा गर्दै थापाले भनिन ‘यो गीत सुनेर गुल्मीबासी सबैले स्यावासी दिनुभएको छ ।’
गुल्मी महोत्सव नजिकिदै गर्दा बजारमा आएको यो गीतले महोत्सव सँगै थप चर्चा पाउने उनको विश्वास छ । थापा सृजना सँगै संगीत व्यवसायमा समेत लामो समयदेखि सक्रय छिन् । उनको शिवदर्शन डिजिटल प्रा.लि नामक कम्पनी रहेको छ ।
हेर्नुहोस भिडियो

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News