भुवन केसीको ‘ड्रिम’मा सन्ध्याको इन्ट्री
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक भुवन केसीले निर्देशन गर्ने चलचित्र ‘ड्रिम’मा नायिका छनोट भएकी छन् । लामो समय देखी इमेज टेलिभिजनमा भिजेको काम गदैं आइरहेकी सन्ध्या के.सी.लाई भुवन केसीले आफ्नो नयाँ फिल्ममा नायिकाको रुपमा देखाउने भएका हुन् ।

लगानी समेत केसी आँफैले गर्ने ‘ड्रिम’मा अब सन्ध्या नायक भुवन केसीका छोरा अनमोल केसीको साथमा देखिनेछिन् । पूर्णतया प्रेमकथामा आधारित हुने चलचित्र ‘ड्रिम’मा अरु कलाकारहरुको छनोट हुन बाँकी भएका कारण फागुन ५ गतेनै आफुहरु फ्लोरमा जान नसकेको भुवनले ठुलोपर्दा डटकमलाई बताए ।
इमेज टेलिभिजन बाहेक अरु केहि टेलिभिजनमा समेत भिजेको रुपमा काम गरिसकेकी सन्ध्याले हालसम्म कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् ।