केकी अधिकारी र राजेश पायल राईको माया बसेपछि.....
काठमाडौ, २०७१, फल्गुन १७, आइतबार । ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि उहाँबाट म प्रभावित भएँ । आगामी वर्षमा पनि केक काट्ने अवसर मैले नै पाउँ’, अभिनेत्री केकी अधिकारीले गायक राजेश पायल राईलाई हेर्दै भनिन् । राजेशले पनि भने,–‘त्यसका लागि त बिहे मसँगै गर्नुपर्ने भयो ।’ यो कुरा बोलिरहदा राजेशको अनुहारले केकीप्रति आत्मीयता बढिरहेको भान देखाउथ्यो ।
प्रशंग हो पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राईले हिजो शनिबार आफ्नो वल्ड टुरको सफल्तासंगै ‘दर्शन नमस्ते’ रेस्टुरेन्ट उद्घाटनको । गायक राईको चर्चित गीत ‘दर्शन नमस्ते’ बाट रेस्टुरेन्टको नाम राखिएको हो । धेरै कलाकारहरुसंग नजिक रहेका गायक राजेश पायल राईले रेस्टुरेन्टको उद्घाटन कस्लाई गराउलान् भन्ने सबै पत्रकारहरुलाई कौतुहल्ता थियो । तर गायक राईको रोजाईमा भने अभिनेत्री केकी अधिकारी परिन् । रेस्टुरेन्टको उद्घाटनको रिबन गायक राजेश पायल र अभिनेत्री केकी अधिकारीले मिलेर काटे । रेस्टुरेन्टको उद्घानटपछी दास्रो चरणको कार्यक्रम केक काट्ने रहेको थियो । केकपनि अभिनेत्री केकी अधिकारीलाई नै गायक राजेश पायलले कटाए ।
केक काट्नका लागि बोलाइएकी केकी एक्लो अभिनेत्री भएपछी पत्रकारहरुबाट स्वभाविक रुपमा प्रश्न उठ्यो, ‘राजेशको नजिक मानिने धेरै कलाकारहरु भएपनि रोजाइमा किन केकी मात्रै ?’ गायक राजेशले यस कुराको उत्तर दिदै, ‘केकी मलाई मनपर्ने मान्छे हो †’ अभिनेत्री केकीपनि यो कुराको उत्तर खोजिरहेकी थिइन्, गायक राईले मनपर्ने मान्छे भनेपछी खुसी हुदै केकीले भनिन्, ‘बहराइनमा सँगै कार्यक्रम गरेपछि उहाँबाट म प्रभावित भएँ । आगामी वर्षमा पनि केक काट्ने अवसर मैले नै पाउँ ।’ सोहि अवसरमा राजेशले भने, ‘त्यसका लागि त विहे मसँगै गर्नुपर्ने भयो ।’
त्यस्तै ‘दर्शन नमस्ते’ रेस्टुरेन्टका अर्का सञ्चालक सन्तोस राईलेपनि कार्यक्रममा बोल्दै आफुले बच्चैदेखी सुन्दै आएका गायक राजेश पायलसंग सहकार्य गरेर रेस्टुरेन्ट सञ्चालन गर्न पाउदा खुसी लागेको बताए । रेस्टुरेन्टका सञ्चालक सन्तोसले ५ वर्ष ब्रिटिस लाहुरेमा कार्यरत रहदा आफ्नै देशमा केही गर्ने सोच भएर लाहुरे जिवन छाडेर विजनेशमा हात हालेको बताए ।
गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारी बहराइन कन्र्सटबाट नजिक भएका हुन् । कन्र्सटमा जाने क्रममा खिचिएका सेल्फि तस्बिरहरु विशाल चौतारी डटकमले प्रकाशित गरेको थियो । प्रकाशित सेल्फि तस्बिरमाथी दुई कलाकारलाई सम्वन्धका लागी बधाई दिएका थिए । सेल्फीले बिबाह सम्मको कुरा आइपुग्दा अबिबाहित यी दुई जोडीलाई बधाई दिन अत्यन्त जरुरी रहेको छ ।