आगामी मार्च १४ तारिख अष्ट्रेलियाको मेलबर्नमा भब्य ‘रमाइलो साँझ’ हुने ।
यहि आगामी मार्च १४ तारिख अष्ट्रेलियाको मेलबर्नमा(ESTONIAN HOUSE 43 MELVILLE RD, BRUNSWICK VIC 3055 ) रेडियो जनादेश र नेप्ल्ले इवीत्सको सहकार्यमा ‘रमाइलो साँझ’ हुने भएको छ ।कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक राजु परियार र गायीका मीना लामाको लोक दोहोरी र देशप्रेमका गीतका साथै चर्चित युवा कमेडियन सुवोध गौतमको बेजोड हास्य व्यंग्य प्रस्तुती पस्कदै छौं । त्यस्तै रमाईलो साँझमा नेपाली रंग क्षेत्रकी नयाँ अभिनेत्री तथा चर्चित आईटम डान्सर सुस्मा अधिकारीको नृत्यले सबैलाई भरपूर मनोरञ्जन दिने छ ।
रेडियो जनादेश अष्ट्रेलियाले विभिन्न संघ संस्थाको सहकार्यमा सञ्चालन गर्न लागिएको रमाइलो साँझको पहिलो संस्करण आगामी फेब्रुअरी २८ तारिखमा पर्थमा हुनेछ र त्यसै गरि दोस्रो क्यानबेरामा मार्च ८ मा तेस्रो मेलबर्नमा १४ मार्चमा तथा चौथो सिड्नीमा १५ मार्चमा ‘रमाइलो साँझको आयोजना गरिनेछ ।
रेडियो जनादेश अष्ट्रेलियाले विभिन्न संघ संस्थाको सहकार्यमा सञ्चालन गर्न लागिएको रमाइलो साँझको पहिलो संस्करण आगामी फेब्रुअरी २८ तारिखमा पर्थमा हुनेछ र त्यसै गरि दोस्रो क्यानबेरामा मार्च ८ मा तेस्रो मेलबर्नमा १४ मार्चमा तथा चौथो सिड्नीमा १५ मार्चमा ‘रमाइलो साँझको आयोजना गरिनेछ ।
हामीहरुले हाम्रो सामाजिक दायित्व पनि पुरा गर्नु पर्दछ । हामी यहाँ स्थित नेपाली दाजुभाई दिदीबहिनीहरु कुनै न कुनै रोजगारी,ब्यबसाय गर्दै आइरहेका छौं । सबै नेपाली हाम्रा आफन्त र परिवारका सदस्य हुन् जसको कारण हामीहरुले यसपटक दाङ र नवलपरासीका भूमिहीन सुकुम्बासीहरु तथा विपन्न परिवारलाई स्वरोजगार मुलक र आय मूलक व्यवसाय सुरुवात गर्ने उद्देश्यका साथ यो रमाइलो साँझ गर्न लागिएको हुदा तपाईहरुको पुर्ण उपस्थितिको अपेक्षा गर्दै यस कार्यक्रम भव्यता पूर्वक सफल पारीदिनुहुन यहाँ स्थित नेपाली समाजका अगुवाहरु, संञ्चारकर्मीहरु, व्यापारी, विद्यार्थी, समाजसेवी सबैमा विशेष अनुरोध गरेको विक्रम शर्माले नेपाली वेभ लाई बताउनुभयो ।
आयोजक
रमाईलो साँझ परिवार
मेलबर्न अष्ट्रेलिया
रमाईलो साँझ परिवार
मेलबर्न अष्ट्रेलिया
कुनै सल्लाह,सुझाब तथा प्रतिक्रियाको लागी सम्पर्क नम्बर
बिक्रम शर्मा (फोन नम्बर:- ०४११७९९४०३)।
बिक्रम शर्मा (फोन नम्बर:- ०४११७९९४०३)।