Rekha Thapa,priyanka karki and keki adhikari playing Holi

प्रियंकासँग किन नजिक हुन चाहन्छिन् रेखा थापा ? काठमाडौ । रेखा थापा, प्रियंकाका कार्की, केकी अधिकारी लगायतका हिरोईनले एकै ठाउँमा बसेर होली खेलेको तस्बिर सार्वजनिक भएपछि केही चलचित्रकर्मीले टिप्पणी गरे- ‘रेखा र प्रियंकाको सम्बन्ध कहिलेसम्म ?’ कुनै समयकी नम्बर वान हिरोईन मानिने रेखा थापा अहिले क्रमशः ओझेल पर्दै गएकी छिन् भने प्रियंका क्रमशः चम्किदैछिन् ।


 पछिल्लो समय आफ्नो क्रेज घटेको बुझेकी रेखा यतिबेला सबैसँग सम्बन्ध सुमधुर बनाउने अभियानमा छिन् । आफ्नै प्रतिस्पर्धीलाई त भाउ नदिने रेखा कुनै वेला नयाँ नायिकाहरुका विषयमा ‘बहिनीहरु’ भन्दै टिप्पणी गर्थिन । नेपाली फिल्म बजारमा अहिले बहिनीहरु अगाडि ‘रेखा दिदी’ पछाडि भएपछि उनीहरुसँग हालेमालो गर्न थालेकी छिन् ।

 अभिनय गर्दा गर्दै निर्देशन सुरु गरेकी रेखाले ‘निर्देशक’ भनेर नाम लेख्ने बाहेक खासै केही गर्न सकिनन् । पछिल्लो समयमा उनले अभिनय गरेका फिल्मलाई लगानी उठाउन धौ-धौ परेको यथार्थ हिम्मतवाली र तथास्तुको ब्यापारले नै पुष्टि गरेको छ । कुनै वेला रेखा नभई फिल्म बन्दैन भन्ने निर्माताले समेत अहिले रेखालाई वास्ता गर्न छाडेका छन् भने झिनामसिना ब्यानरले समेत आईटम डान्सको प्रस्ताव गर्न थालेका छन् ।

 फिल्म उद्योगमा आफ्नो उपस्थिति पातलिंदै जान थालेको बुझेकी रेखाले प्रियंका, केकी वा अन्य कुनै पनि नायिकासँग सम्बन्ध बढाउनु आफैमा नराम्रो हैन । तर, कुनै वेला एउटै प्लेटमा साँधेको चाउचाउ खाने आर्यनसँग अहिले पानी बाराबारको सम्बन्ध भएझैं यी नायिकाहरुले पनि यस्तै नियति नभोग्लान भन्न सकिन्न ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News