अश्लील फिल्म खेलेर ठुलो भुल गरे – सुष्मा कार्की

नेपाली चलचित्र क्षेत्रमा विवाद परिरहने र प्रेमका कारण चर्चामा आइरहने अभिनेत्री सुष्मा कार्कीले आफुले जीवनमा अश्लील फिल्म खेलेर ठुलो भुल गरेको बताएकी छन ।
नेपाली परिवेश अनुसार मैले जुन काम गरे त्यो कामले आज मलाई पछुतो भएको बताउदै उनले अब त्यस्तो फिल्ममा काम नगर्ने बताएकी छन ।
बिन्दास २ पछि उनि करिब डेढ बर्ष यो क्षेत्रबाट टाढा रहिन कारण उनको हातमा कुनै पनि फिल्म थिएन । आफुले खेलेको अश्लील फिल्मको कारण आफ्नो फिल्मी करियर नौ संकटमा परेको भन्दै अब आफुबाट यस्तो गम्भीर भुल नहुने बताएकी छन । यस्तो फिल्म खेलेर आज सम्म मैले केहि पाएको छैन अझ बद्नाम मात्र भयो उनले भनिन कुनै पनि फिल्मलाई अश्लील भन्दा सकारात्मक कुराबाट पनि त्यो ठाउमा पुग्न सकिन्छ त्यो काम निर्देशकको हातमा भर पर्छ । बलिउड अभिनेत्री बिद्या बालनले खेलेको फिल्म अश्लील छ भनेर मा भन्न सक्दिन बिषयबस्तु अश्लील भएपनि प्रयोग गर्ने तरिका सहि छ ।
आईटम गर्लको रुपमा निकै चम्किएकी सुष्मा कार्की अब बिगतको भूललाई सच्याएर अगाढी बढ्ने प्रयत्नमा छिन । लोकसंगीतको भिडियोमा समेत देखिन थालेकी उनि कुशल नृत्यांगना हुन् ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News