आज आउँदैछ सामसुङ GALAXY S6


२०७१ फाल्गुन १७ आईतवार17333 पटक पढिएको
फोटो :एजेन्सी
एजेन्सी :  सामसुङको बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी एस सिक्स आज राति स्पनेको बार्सिलोनामा लन्च हुँदैछ ।

नेपाली समयअनुसार आज मध्यराति शुरु हुने मोबाइल वर्ल्डमा सामसुङ ग्यालेक्सी एस सिक्स लन्च गर्न लागिएको हो । प्राविधिक विज्ञहरुको अनुमान अनुसार यो यो स्मार्टफोनको डिस्प्ले कर्वड हुनेछ ।

सामसुङले केही दिनअघि ग्यालेक्सी एस सिक्स सम्बन्धी एउटा भिडियो युट्यूबा सार्वजनिक गरेको थियो । यो भिडियोमा सामसुङले 'द नेक्स्ट ग्यालेक्सी' नाम दिएर सो स्मार्ट फोन सार्वजनिक गरेको थियो ।

त्यो भिडियो हेर्दा सामसुङ ग्यालेक्सी एस सिक्सको बडी मेटालिकबाट बनाइएको अनुमान गरिएको छ ।
यसका साथै सो भिडियोको भ्वाइ ओभरमा 'बोर्डर विल डिसएपर' भनिएकाले सामसुङ ग्यालेक्सी एस सिक्सको किनारा मोडिएको अनुमान गरिएको छ । यसका साथै यो भिडियोमा ग्यालेक्सी एस सिक्समा एन्टि रिप्लेकस्न हुने अनुमान गरिएको छ ।

सामसुङको पत्रकार सम्मेलन बार्सिलोनामा नेपाली समयअनुसार आज राति ११ बजेर १५ मिनेटमा सुरु हुनेछ । कम्पनीले यही पत्रकार सम्मेलनमा सामसुङ ग्यालेक्सी एस सिक्सको फिचरबारे पनि जानकारी दिइने जनाएको छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News