स्वाइन फ्लुबाट काठमाडौंमा महिलाको ज्यान गयो


फोटो :फाइल फोटो
काठमाडौं : स्वाइन फ्लुको संक्रमणबाट काठमाडौंमा एक महिलाको ज्यान गएको छ । बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचाररत ४८ वर्षीया महिलाको शनिबार साँझ ज्यान गएको हो ।

रुघाखोकी र ज्वरो आएपछि दुर्इ हप्ताअघि मोडल अस्पतालमा भर्ना भएकी उनी काठमाडौंकै बासिन्दा रहेको अस्पतालले जानकारी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले ती महिलाको ज्यान गएको जानकारी अस्पतालले दिएको बताए ।

‘फोक्सोमा कडा दाग देखिएपछि स्वाइन फ्लु जचाउने क्रममा रिपोर्टमा पोजेटिभ देखियो,’ काठमाडौं मोडेल अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर आरडी जोशीले अन्नपूर्णसँग भने, 'फोक्सोमा निमोनियाले समेत च्यापेपछि उहाँलार्इ भेन्टिलेटरमा राखेर लगातार उपचार गर्दा पनि बचाउन सकिएन ।'

ज्यान गुमाएकी महिला काठमाडौंकै बासिन्दा भएको बताउँदै डा जोशीले उनी उपत्यका बाहिर नगर्इ यहीँ स्वार्इन फ्लु भएको जानकारी दिए । रिपोर्ट पोजेटिभ आएपछि उनलार्इ अस्पतालले स्वाइन फ्लुविरुद्धको एन्टीफाइरल औषधी दिएको थियो । 

स्वास्थ्यमा सुधार भएपछि ती महिलालार्इ अस्पतालले शुक्रबारमात्रै भेन्टिलेटरबाट बाहिर निकालेको थियो । उनलार्इ शुक्रबारबाट निमोनियाले सिकिस्त बनाएपछि शनिबार साँझ छ बजे ज्यान गएको हो ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News