मलेसीयन एयर अष्ट्रेलियामा दुर्घटनाग्रस्त भएको पुष्टी -
सन् २०१४ मार्च ८ मा बेपत्ता भइ दुर्घटनामा परेको मलेसियन एयरको विमानका कोही पनि यात्रु जीवित नरहेको मलेसीयन सरकारले पुष्टी गरेको छ । एम एच ३७० नाम गरेको मलेसीयन एयरको उक्त विमान अष्ट्रेलियाको पर्थ शहरबाट धेरै टाढा पश्चिमि क्षेत्रमा दुर्घटना भएको र समुद्रमा ६ हजार मिटर गहिराइमा डुवेको मलेसीयाको उड्यान विभागले जानकारी दिएको छ । विमानको अवषेश फेला नपरेपनि त्यहाँ रहेका सबै २ सय ३९ यात्रु जीवित नरहेको सरकारले घोषणा गरेको हो । यसैविच गत डिसेम्बर २८ मा दुर्घटनाग्रस्त भएको एअर एसियाको बिमान सह चालकले चलाएको कारण दुर्घटना भएको खुलेको छ । बिमान उडानको समयमा सहचालक रेमी प्लेसेलले ३२ हजार फिटमाथि उडिरहेको बिमानलाई ३० सेकेन्ड भित्र ३७ हजार फिट उचाइमा पु¥याइ पुन ३२ हजार फिटमा झारेको इन्डोनेसियाको हवाई उड्यान प्राधिकरणले जनाएको छ । इन्डोनेसियाको सुरबायाबाट सिंङ्गापुरका लागि १ सय ६२ यात्रु लिएर उडेको विमान जाभामा दुर्घटनाग्रस्त भएको थियो ।