स्वर र रुपले साथ दिएकी गायिका मेलिनालाई वोईफ्रेनको पिर छैन....


रेडियो नेपालद्धारा २०६५ सालमा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतिस्पर्धामा पहिलो स्थान हासिल गरेपछि मेलिना राईले कहिले पछि फर्केर हेर्नुपरेन । पाश्र्व गायनमा समेत जमिरहेकी मेलिना अहिले १ महिने युरोप टुरमा छिन् । मिठो स्वरकी धनी मेलिनालाई स्वरले मात्र साथ दिएको छैन, सुन्दरताले पनि । प्रस्तुत छ नमस्ते नेपाल न्युजका लागि विश्व लिम्बूले मेलिनासंग गरेको रोमाञ्चक कुराकानीः

अचेल के मा व्यस्त हुनुहुन्छ?
२ महिना अघि रिलिज भएको मेरो डेव्यु एल्वम वहारबाट हालसम्म आएका प्रतिक्रिया को विश्लेषण गरिरहेको छु । साथै केही गीतको रेर्कडिङ र विभिन्न कन्सर्टहरुमा सहभागिता जनाउंदैछु । कलेक्सन एल्वमहरु गर्दैछु । त्यस्तै चलचित्रका गीतमा पनि राम्रै भईरहेको छ ।
आगामी योजना नि?
आगामी दिनमा आफ्नो कर्ममा अझै दत्तचित्त भएर लाग्ने, थप गम्भिरतापूर्वक कर्मक्षेत्रलाई अघि बढाउनेछु । अनि गीतसंगीत क्षेत्रमै केही राम्रा कामहरु गर्ने योजना पनि छन् । अनि अहिलेका मेरा कमजोरी पहिचान गर्दै तीनलाई सुधारेर अघि बढ्ने र धेरै मेहनत गर्नेछु । जे होस् संगीतमा रमेर अनि डटेर अगाडी बढ्नेछु ।
पुरस्कार के कति पाउनु भो अहिले सम्म?
मैले रेडियो नेपालको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिताको उपाधि जितेको छु । त्यो मेरो लागि शुरुवात मात्रै थियो । अव अझै धेरै गर्नुछ । त्यसपछि मैले कुनै महत्वपूर्ण अवार्ड पाएकी छैन् । मेरो गीतहरु अवार्ड फङसनमा नोमिनेशनमा पनि परेको छैन ।
आधुनिक र चलचित्र गीत गायन मध्ये रोज्नुपरे?
म यो भन्न सक्दीन किनकी दुई वटै विधा मेरो लागि उत्तिकै प्यारो छ । अनि अर्को कुरा म्युजिकमा यो वा त्यो विधा भनेर छनोट गर्ने भन्दा पनि सवै खालको विधामा कोशिश गर्नुपर्छ जस्तो लाग्छ मलाई र म यसो गर्न निक्कै मन पराउंछु ।
स्वर र सुन्दरता के मा बढी ध्यान दिनुहुन्छ?
गायिकाले त स्वर मै ध्यान दिने हो तर एउटा मानविय प्रकृतिका कारण रुप, श्रृङ्गार र सुन्दरतामा पनि ध्यान दिईन्छ । हा.हा.हा (लामो हांसो)
विन्टर सिजनमा तपाई कस्तो पहिरनमा जोड दिनु हुन्छ?
विन्टरमा विशेषगरी म वुलन आईटमका पहिरनमा सजिने गर्छु । विशेषगरी लामो बुट, कोरियन क्याप र वुलन मफलरहरु मेरो फेवरेट हुन् ।
फेशन, तपाईको वुझाईमा के हो?
फेशन एउटा यस्तो विधा हो जसले मान्छेको आउटलुक, स्मार्टनेस र व्यक्तित्वलाई निर्खाछ र अर्को कुरा यसले आत्मविश्वाश र आत्मसन्तुष्टी दिलाउंछ ।
नेपालका युवाले सही मानेमा फेशनलाई वुझेका छन?
नेपाली युवाले फेशनलाई सही मानेमा त वुझेका छन् तर कपी गर्ने संस्कृति पनि हावि छ तर उनीहरु कपी गर्दा पनि सहज मान्छन र आफुलाई त्यस्ता पहिरनमा सहज ठान्छन भने सही मान्न सकिन्छ जस्तो लाग्छ मलाई ।
ग्ल्यामरको परिभाषा के जस्तो लाग्छ?
यो एउटा स्मार्टनेस हो जस्तो लाग्छ ।
अनि तपाई कत्तिको ग्ल्यामरस हुनुहुन्छ?
अरुले भन्ने कुरा हो त्यो त। हेर्ने मान्छेमा भर पर्छ, म आफैले आफैलाई ग्ल्यामरस भन्न सक्दिन ।
ए, सांच्ची रिलेशनसिपमा हुनुहुन्छ होला नी होईन, यत्ति राम्री हुनुहुन्छ?
१०० प्रतिशत रिलेशनसिपमा छुईन । मसंग समय पनि छैन । म केवल आफ्नो करियर र काममा केन्द्रित छु र त्यो भने संगीत हो । 
- See more at: http://namastenepalnews.com/n/4613#sthash.FziLPxz3.dpuf

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News