बलिउड नायिका प्रीति जिन्टा र युवराज सिंहबीच ‘ब्रेकअप’ को चर्चा -

बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टा यस समय फिल्म क्षेत्रबाट केही टाढिएकी छिन् । बलिउडमा ब्याईफ्रेण्ड बनाउने होडवाजी चलिरहेको प्रीति जिन्टा भने बेग्लै भुमिकामा परेकी छिन् । भारतीय मिडियाहरुले प्रीतिको प्रेम भारतीय क्रिकेटर युवराज हिंससँग रहेको खुलासा गर्दै आएका थिए । तर यो कुरालाई उनले झुठो सावित गरिदिएकी छिन् । उनले क्रिकेटर सिंहसँग आफू कहिल्यै प्रेम सम्बन्धमा नरहेको र त्यसबारेमा सोच्दा पनि नसोचेको भनेर ट्वीटर मार्र्फत जानकारी दिएकी छिन् । उनले इन्टरनेशनल बिजनेश टाइम्स प्रत्रिकाको नाम नै उल्लेख गरेर झुठो खबरको पछि नलाग्न आग्रह गरेकी छन् । प्रीति केही समय यता मौन बस्नुमा उनी प्रेम सम्वन्धमा रहेको भान पनि भएको थियो भनिन्छ नि ‘हावा नचलि पात हलिदैन’ अनि उनको धेरै समय पछि यस्तो जवाफ आउनुमा केही आशंका भने गर्न सकिन्छ । –एजेन्सी - 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News