ओलीको बेडरुममै पुग्ने भए प्रचण्ड

prachanda-kp oliकाठमाण्डु, २८ फागुन– संविधानका विवादित विषयमा छलफल गर्न एमाले र एमाओवादीका शीर्ष नेताको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक बिहान ९ बजेपछि भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी ओली निवासमा बस्ने बताइएको छ ।
अस्वस्थताका कारण ओली घरबाहिर आउन नसक्ने भएपछि उनको सुविधाका लागि नेताहरु ओली निवास पुग्ने भएका हुन् ।
अस्वस्थताका कारण ओली चिकित्सकको सल्लाहमा केही दिनयता निवासमै आराम गरेर बसिरहेका छन् ।
सरकार नेतृत्वकर्ता दल काँग्रेस र एमाओवादी नजिकिएकामा एमाले सशंकित भएका बेला दुई दल बैठक बस्न लागेको हो ।
सहमतिमै संविधान निर्माणको वातावरण बनाउने प्रयासमा दुई दलबीच शीर्ष तहमा छलफल हुने लागेको एमाओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News