नासाद्धारा १८.५ अर्ब डलरको बजेट माग
न्युयोर्क (एजेन्सी)—अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले आगामी वर्षका लागि १८.५ अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको छ । यो बजेट यो वर्षको भन्दा ५० करोड डलर बढी हो ।
फ्लोरिडाको केनेडी स्पेस स्टेसनमा तयारी अवस्थाको ३ प्रोटोटाइप स्पेसक्राफ्ट अगाडि उभिएर नासाका प्रशासक चाल्र्स बोल्डेनले एजेन्सीको गतिविधिका बारेमा जानकारी गराए । यो संस्थाको प्रगतिको महसुस गर्न सकिने उदाहरण भएको जानकारी बोल्डेनले दिए । बोइङको सीएसटी–१०० र अन्य २ सवारी अन्तरिक्षको लागि उडिसकेको जानकारी पनि उनले दिए ।
नासाको प्रस्तावले कंग्रेसलाई व्यापारिक अन्तरिक्ष उडानको कार्यक्रमलाई ५० प्रतिशतले वृद्धि गरी अघिल्लो ८० करोडबाट बढाएर १.२ अर्ब पु¥याउन आग्रह गरेको छ । यो प्रस्ताव स्वीकृत नभएमा नासाले अमेरिकाबाट २०१७ को अन्त्यबाट अन्तरिक्ष यात्रीको उडान भर्न नसक्ने नासाका प्रमुख वित्त अधिकारी डेभिड राडजानोस्कीले बताएका छन् ।
गत वर्ष अमेरिकी अन्तरिक्ष यात्री र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनलाई पृथ्वीको कक्षमा फर्काएकाले नासाले बोइङ र स्पेस एक्सलाई पुरस्कृत गरेको थियो । २०११ मा अन्तरिक्ष सटल कार्यक्रमको अन्त्य भएपछि नासाले सोयुजु रकेटको माध्यमबाट अन्तरिक्ष यात्रुहरुलाई अन्तरिक्ष स्टेसनमा पु¥याएकोमा नासाले रुसलाई शुल्क तिरेको थियो ।