नायिका सुमिनाले गरीन् पाइलट रोशनसँग बिहे (फोटो फिचर)


फागुन–२५, काठमाडौं ।
अभिनेत्री सुमिना घिमिरे विवाह बन्धनमा बाधिएकी छिन् । उनले नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा काभ्रेका रोशन सापकोटासँग बिहे गरेकी हुन् ।

सिमित फिल्मकर्मी तथा आफन्तजनहरुलाई निम्ता गरिएको उनको वैवाहिक समारोहमा सुमिनाले कमै मात्र चलचित्रकर्मीलाई बोलाएको बुझिएको छ । जहाँ हातको औलाले मात्र गिन्ती गर्न सकिने केहि चलचित्रकर्मीहरु उपस्थित भएको बुझिएको छ ।


विभिन्न समयमा स्क्यान्डलमा फस्दै आएकी सुमिनाले चलचित्र ‘माला’को डबिङ सकेर चलचित्र क्षेत्रबाट टाढा हुने निर्णय गरेकी थिइन् । सुमिनाले अभिनय गरेको चलचित्र ‘भिमदत्त’ अहिले प्रदर्शनमा छ भने ‘माला’ चैत ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

उनलाई फिल्ममा ब्रेक दिएका निर्देशक ज्ञानेन्द्र देउजा विवाहमा उपस्थित थिए । ज्ञानेन्द्रले फिल्म छबिलाल कन्जुस छैनुमा सुमिनालाई ब्रेक दिएका थिए ।
suminako bihe

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News