जीवनमा कसैलाई पनि भन्न नहुने ४ कुरा >>>>

Screenshot_1ओएस नेपाल, काठमाडौं, फागुन २८ -  पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुन्छ । चाणक्यले ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात यी ४ कुरा आफूमै गोप्य हुनु पर्छ ।जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यि हुन ।  १-धन नास भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् । तपाइँलाई पैसाको समस्या छ वा घाटा भैरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाइँको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सके सम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।
२- आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाइँलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाइँको दुःख घट्नुको साटो झन बढ्छ ।
३- आफ्नो पति वा पत्नि सम्बन्धि कुरा । यदि तपाइँले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध विर्गान वा अनैतीक हर्कत गर्न सक्छन् । यसले परिवारमा झगडा बढाउँछ । सके सम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।
४-जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाइँलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैमा राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने पुगिन्छ । तपार्इ थप अपमानित हुने खतरा हुन्छसक्छ ।

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News