तीस हजार इराकी सेनाको घेराबन्दीमा आइएस

किर्कुक: इराकको टिक्रिट सहरमा इस्लामिक स्टेट आइएस विरुद्धको कारबाही जारी रहेको बताइएको छ । जिहादीहरूलाई घेरा हालेर भीषण कारबाही जारी नै रहेको समाचारमा उल्लेख गरिएको छ । 
 
आइएस लडाकूको बलियो प्रभाव रहेको किर्कुकल गायतका सहर पुनः कब्जाका लागि इराकी सुरक्षाबलले सो कारबाही सुरु गरेको बताइएको छ । करिब ३० हजार इराकी बलले जेट र हेलिकप्टरबाट सो कारबाही गरेका छन् । 
 
सुरक्षाबलले टिक्रिट, आद्–दावर र अल–आलाममा घेरा लगाएको सैनिक स्रोतले एएफपी समाचार समितिलाई टेलिफोनमार्फत बताएको जनाइएको छ । 
 
जिहादीद्वारा कब्जा गरिएका सहरहरू फिर्ता गर्ने यो एक महत्वपूर्ण कारबाही भएको इराकी अधिकारीहरुले जनाएका छन् । 
 
एक सैनिक अधिकारीका अनुसार सो कारबाहीका क्रममा सैनिक, प्रहरी आतङ्कवाद विरुद्धका इकाइ र सरकारको नियन्त्रणमा रहेका स्वयम्सेवीहरूको सहभागिता रहेका जनाइएको छ । 

Like And follow For Nepal America.com ( Don't Miss )

Arts,entertainment and News